![](https://sajhamanch.com/wp-content/uploads/2024/06/rajendra-ligden.jpg)
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभाको रोष्ट्रमममै भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका च्यातेका छन् ।
मंगलबार प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथिको छलफलमा भाग लिँदै उनले बजेट पुस्तिका च्यातेका हुन् । ‘म कम आक्रोश पोख्ने मान्छे हुँ, जुन दिनदेखि भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका हात पर्यो असाध्यै रिस उठेको छ, च्यातेर हुर्याउन मन लागेको छ’, उनले भने ।