२०८१ फागुन १२, सोमवार , ०२:१६:०३ बजे

Sajhamanch
'

कचनकवलमा डुबान हुँदा चार परिवार जोखिममा

मङ्गलवार, असार ४, २०८१

मेचीनगर। लगातारको वर्षाले झापाको कचनकवलका तीन परिवार डुबानमा परेपछि जोखिममा छन् भने एउटा परिवार विस्थापित भएको छ ।

तीन दिनयताको अवरिल वर्षाका कारण कचनकवल-५ खुट्टागञ्जका तीन परिवारका १० जना जोखिममा रहेको र एउटा परिवारका तीनजना विस्थापित भएका हुन् ।

स्थानीय श्रीमलादेवी राजवंशी, कार्तिक राजवंशीको परिवारका पाँचजना र सञ्जय राजवंशीको परिवारका चारजना जोखिममा रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, कुञ्जी राजवंशीको परिवारका तीनजना पूर्ण रुपमा विस्थापित भएका छन् । उनीहरु वडा सदस्य प्रभा राजवंशीको घरमा आश्रय लिएर बसेका छन् ।

चारवटै परिवारको घर टाटीबेराले बनेको टिनको छानो भएको एकतल्ले घर रहेको र सो ठाउँमा अन्दाजी २ फिट डुबान भएको छ ।

मङ्गलवार, असार ४, २०८१ | जिल्ला समाचार, समाज