२०८१ माघ २४, बिहिवार , १०:३६:५० बजे

Sajhamanch
'

भद्रपुर, कचनकवल र हल्दिबारीमा विद्युत् सेवा अवरुद्ध

मङ्गलवार, असार ४, २०८१

भद्रपुर । नेपाल विद्युत् प्राधिकरण भद्रपुर वितरण केन्द्र अन्तरगत तीन पालिकाको विद्युत् सेवा अवरुद्ध भएको छ । अविरल वर्षासँगै परेको चट्याङले बिर्तामोड अनारमनि सबस्टेशनबाट आउने ३३ केभी प्रशारण लाइनमा क्षति पुर्‍याउँदा गएराति देखि विद्युत् सेवा अवरुद्ध भएको हो ।

बिर्तामोड देखि भद्रपुर आउने ३३ केभी प्रशारण लाइनमा चट्याङले विभिन्न स्थानमा क्षति पुर्‍याएको भद्रपुर वितरण केन्द्र प्रमुख राजमणि बजगाईँले जानकारी दिए । चट्याङले भद्रपुर, कचनकवल र हल्दिबारी क्षेत्रकाका केही स्थानमा पनि क्षति पुर्‍याएको छ । अहिले विभिन्न स्थानमा मर्मत सम्भारको काम चलिरहेको उनले बताए । विद्युत् सुचारु हुन समय लाग्ने उनको भनाई छ ।

मङ्गलवार, असार ४, २०८१ | जिल्ला समाचार, समाज

सम्बन्धित खबर