![](https://sajhamanch.com/wp-content/uploads/2024/06/mechinagar.webp)
झापा । झापाको मेचीनगरमा चट्याङ लागेर दुई वटा राँगा मरेका छन् । आज बिहान ४ बजेतिर अविरल वर्षासँगै परेको चट्याङ लागेर मेचीनगर नगरपालिका ३ स्थित भावना टोल बस्ने योगेन्द्र भट्टराईको गोठमा बाँधी राखेको दुई वटा राँगा मरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
चट्याङले एउटा भैँसीलाई समेत सामान्य चोट पुर्याएको छ भने एक लाख ५० हजार रुपैयाँ बराबर क्षति भएको प्रहरीले जनाएको छ ।