२०८१ माघ २५, शुक्रवार , ०२:२९:५५ बजे

Sajhamanch
'

कनकाईमा विद्युतीय शवदाह गृह बन्ने

आइतवार, असार २, २०८१

बिर्तामोड। कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षमा ल्याएको बजेटमा झापाको कनकाई नदीमा विद्युतीय शवदाह गृह बन्ने भएको छ ।

आर्थिक वर्ष २०८१/०८२ का लागि ल्याएको प्रदेशको बजेटमा कनकाई नदीमा स्थानीय तहको सहकार्यमा विद्युतीय शवदाह गृह निर्माणका लागि २ करोड बजेट विनियोजन गरेको आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले जानकारी दिएका छन् ।

कनकाई नदीमा विद्युतीय शवदाह गृह निर्माणका लागि स्थानीय स्तरबाट माग उठ्दै आएको थियो । २०६७ सालमा स्थापना भएको सो घाटमा हालसम्ममा पाँचवटा चितास्थल सञ्चालनमा रहेको छ ।

सम्बन्धित खबर