२०८१ मंसिर १३, बिहिवार , ०७:५५:४३ बजे

Sajhamanch
'

काँकरभिट्टा खानेपानी संस्थाको अध्यक्षमा रोहित बुढाथोकी विजयी

सोमवार, जेठ २८, २०८१

मेचीनगर । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा रोहित बुढाथोकी १८३ मतान्तरले निर्वाचित भएका छन् ।

बुढाथोकीले १ हजार ९९१ र उनका निकटतम प्रतिष्पर्धी सन्तोष आचार्यले १ हजार ८०८ मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ । सोही पदका अर्का उम्मेद्वार सुदर्शन खड्काले ३४६ मत पाएका छन् ।

त्यस्तै, उपाध्यक्षमा गोविन्द गिरी २ हजार २६२ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिष्पर्धी राजु दाहालले १ हजार २१९ मत प्राप्त गरेका छन् । उनीहरुबीचको मतान्तर १ हजार ४३ छ । उक्त पदका अर्का उम्मेद्वार कृष्ण सुवेदीले ६३० मत ल्याए ।

यस्तै, सचिवमा विशाल तामाङले १ हजार ७४५ मत प्राप्त गरी जीत हासिल गर्दा उनका निकटतम प्रतिष्पर्धी दिलीप सुब्बाले १ हजार ६६३ मत प्राप्त गरेका थिए । उनीहरुबीचको मतान्तर ८२ छ ।

सोही पदका अर्का उम्मेद्वार नरेन्द्र शिवाकोटीले ५९८ मत पाए । यसैगरी, कोषाध्यक्षमा विमला तामाङ २ हजार ६५९ मत ल्याएर विजयी बन्दा निकटतम प्रतिष्पर्धी विमला देवकोटाले १ हजार ४६३ र सुधादेवी खड्काले ३९८ मत पाए ।

त्यसैगरी, सदस्यतर्फ डिल्लीकुमार काफ्ले, केदारजंग भट्टराई, इन्द्रबहादुर प्रधान, महिला सदस्यतर्फ मीरा कार्की र इन्दिरा बुढाथोकी निर्वाचित भएका छन् ।

यता, लेखा समितितर्फ संयोजकमा सोमराज ढकाल, सदस्यहरुमा बालकुमार भूजेल र जोस्ना राजवंशी विजयी भएका छन् ।