बिर्तामोड । टायल्स तथा मार्बल व्यवसायी संघ झापाले पूर्णता पाएको छ । व्यवसायीको हितका लागि गठित मार्बल व्यवसायी संगठित हुँदै संघलाई पूर्णता दिएका हुन् ।
बिर्तामोडस्थित कला डिजाइन एण्ड इन्टेरियर सप्लायर्सका सञ्चालक कुशल खतिवडाको अध्यक्षतामा गठित संघले पूर्णता पाएको हो । संघको वरिष्ठ उपाध्यक्षमा विजयकुमार गोयल, उपाध्यक्षमा जयप्रकाश सिटौला र सोम खनाल छन् ।
त्यस्तै, सचिवमा बलदेव योगी, सह–सचिवमा विक्रम खरेल र कोषाध्यक्षमा मदन अग्रवाल छन् । यसैगरी, संघको सदस्यमा सुसन प्रसाईं, तुलसी उप्रेती, भानुभक्त अधिकारी, राम सिटौला र चन्द्रप्रसाद भट्टराई छन् ।
नेत्रप्रसाद विमलीको संयोजकत्वमा गठित सल्लाहकार समितिको सदस्यहरुमा श्याम लम्साल र अजय नाटा छन् । झापामा एक सय बढी मार्बल व्यवसायी रहेका बताइएको छ ।
यसैबीच, बिर्तामोड उद्योग वाणिज्य संघले टायल्स तथा मार्बल व्यवसायी संघको जिल्ला अध्यक्षमा चयन भएका संघका महासचिव खतिवडालाई बधाई दिएको छ ।
बिर्तामोडस्थित संघको कार्यालयमा संघका महासचिव खतिवडासहित टायल्स तथा मार्बल व्यवसायी संघ झापाका पदाधिकारी र सदस्यहरुमा संघका अध्यक्ष राजु न्यौपानेसहितका व्यवसायीले बधाई ज्ञापन गरेका हुन् ।