![](https://sajhamanch.com/wp-content/uploads/2024/06/mechi-hospital.jpg)
बिर्तामोड । झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा स्टाफ नर्स शैक्षिक कार्यक्रम सञ्चालनका लागि सम्बन्धित निकायको समन्वयमा आवश्यक प्रकृया अगाडि बढाइने भएको छ ।
कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा मेची अस्पतालमा स्टाफ नर्स शैक्षिक कार्यक्रम सञ्चालनका लागि आवश्यक प्रक्रिया अगडि बढाउने उल्लेख छ । प्रदेश प्रमुख पर्शुराम खापुङले आगामी आवका लागि प्रदेशसभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।