२०८१ माघ २३, बुधवार , ०७:००:५० बजे

Sajhamanch
'

पश्चिमा राष्ट्रलाई पुटिनको चेतावनी, युक्रेनलाई हतियार दिए गम्भीर परिणाम

बुधवार, जेठ १६, २०८१

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आक्रमण गर्न युक्रेनलाई हतियार दिए ‘गम्भीर परिणाम’ भोग्नुपर्ने चेतावनी पश्चिमा मुलुकलाई दिएका छन्।युक्रेनलाई रुसभित्र निशानाहरूमा आक्रमण गर्न अनुमति दिने माग गर्ने नाटो सदस्य मुलुकहरूको आह्वानको जवाफमा उज्वेकिस्तानमा पुटिनले यो टिप्पणी गरेका हुन्।‘यो लगातार वृद्धिले गम्भीर परिणाम निम्त्याउन सक्छ’, उनले भने, ‘युरोपमा विशेषगरी साना मुलुकहरूमा उनीहरूले के खेलिरहेका छन् भन्नेबारेमा सचेत हुनुपर्छ।’

उनले युरोपेली मुलुकहरूका ‘साना क्षेत्र’ र ‘बाक्लो जनसङ्ख्या’ लाई नेताहरूले ध्यानमा राख्नुपर्ने बताए। युक्रेनले आक्रमण गरे पनि यसको जिम्मेवारीरी हतियारको पश्चिमी आपूर्तिकर्ताको हुने उनले बताए। ‘उनीहरू विश्वव्यापी द्वन्द्व चाहन्छन्’, उनले भने।

पश्चिमी सैन्य प्रशिक्षकहरू पहिलादेखि नै युक्रेनमा भाडाका सैनिकका रूपमा गोप्यरूपमा काम गरिरहेका र फ्रान्स जस्तो मुलुकहरूले उनीहरूलाई आधिकारिकरूपमा पठाउँदा अर्को ‘वृद्धि’ हुने आफूले विश्वास गरेको उनले बताए। ‘यो युरोपमा गम्भीर द्वन्द्वतर्फ, विश्वव्यापी द्वन्द्वको दिशामा अर्को कदम हो’, उनले भने।एजेन्सी

सम्बन्धित खबर