२०८१ मंसिर १, शनिवार , ०४:१८:५१ बजे

Sajhamanch
'

अनलाइन सट्टेबाजीमा २ अर्बभन्दा बढी कारोबार गरेको आरोपमा एकजना पक्राउ

सोमवार, वैशाख ३१, २०८१

काठमाडौं । अनलाइन सट्टेबाजी माध्यम एक्सबेट, जुवा ३६५, क्रिप्टोलगायतमा सट्टाबाजी गर्न रकम लगाउने, संकलन गर्ने गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिकाका २४ वर्षीय अनिल ढुंगाना छन् ।

प्रारम्भिक अनुसन्धानमा उनीसँग विभिन्न व्यक्तिहरुका नाममा रहेका मोबाइल नम्बरबाट ११ वटा कनेक्ट आईपीएस, १५ वटा ईसेवा वालेटमा लिंक गरिएका ५६ वटा बैंकमा हालसम्म २ अर्ब १ करोड १८ लाख ४४ हजार रुपैयाँ कारोबार गरेको भेटिएको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक रवीन्द्र रेग्मीका अनुसार बिनान्समार्फत २ वटा खाता प्रयोग गरेर विभिन्न २४३ प्रकारका क्रिप्टोकरेन्सीमा हालसम्म १ अर्ब ३४ करोड अर्ब रुपैयाँ कारोबार गरेको भेटिएको छ ।

सम्बन्धित खबर