
काठमाडौं । भारतमा चलिरहेको लोकसभा चुनावका कारण कैलालीको सीमा नाका आजदेखि बन्द हुने भएको छ । उत्तर प्रदेश राज्यको खिरी जिल्लामा वैशाख ३१ गते सोमवार हुने मतदानका लागि आज बेलुका ६ बजेदेखि सीमा नाका बन्द हुने जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । सीमा नाका मतदान कार्य नसकिएसम्म बन्द रहने छ ।