
काठमाडौं । आज कानुन दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सर्वोच्च अदालतले यो दिवस हरेक वर्ष वैशाख २६ गते मनाउने गरेको छ ।
नेपालमा प्रधान न्यायालय स्थापना भएको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिन्छ । नेपालमा प्रधान न्यायालय ऐन, २००८ बने पनि त्यसको लागू भने २००९ साल वैशाख २६ गतेदेखि लागू भएको थियो ।
त्यही दिनको सम्झनामा हरेक वर्ष वैशाख २६ गतेको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिएको छ । न्यायपालिकाको स्वतन्त्रता, विधिको शासन तथा आधुनिक न्याय प्रणालीको स्थापनाका लागि ऐनमा भएको व्यवस्थालाई थप मजबुत बनाउन विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ ।