
काठमाडौं । काठमाडौंमा छुट्टाछुट्टै सडक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।
काठमाडौं महानगरपालिका–३ महाराजगञ्जमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चक्रपथबाट पानीपोखरीतर्फ जाँदै गरेको बा ८७ प ७२९४ नम्बरको स्कुटर शनिबार राति दुर्घटना भएको थियो । दुर्घटनामा स्कुटर चालक ओखलढुङ्गा मेलुङगा गाउँपालिका–४ घर भई काठमाडौं तार्केश्वर नगरपालिका बस्ने ५५ वर्षीय ओमप्रसाद दाहालको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।त्यसैगरी काठमाडौंको शंखरापुर नगरपालिका–९ खुलालटारमा बागमती प्रदेश ०२–०२५ प २२०१ को स्कुटर र बा ३ ख ५२८० नम्बरको बस एकआपसमा ठोक्किएका छन् ।
दुर्घटना हुँदा स्कुटर चालक शंखरापुर नगरपालिका– ६ साँखु बस्ने २४ वर्षीय रश्मिन श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।