२०८१ मंसिर १, शनिवार , ०८:३२:२१ बजे

Sajhamanch
'

बेलायत पठाइदिने भन्दै ३४ लाख भन्दा धेरै ठगी गरेको आरोपमा योगेश राई पक्राउ

आइतवार, वैशाख २३, २०८१

काठमाडौं । वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै ३४ लाख २३ हजार तीन सय रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा योगेश राई रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

रोहित श्रेष्ठ र जिवेन्द्र श्रेष्ठलाई वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै योगेशले ठगी गरेको उजुरीका आधारमा प्रहरी वृत्त महाराजगञ्जको टोलीले पक्राउ गरेको हो । उनी किरात राई यायोख्या बेलायतका अध्यक्ष साथै बेलायतमा रहेका नेपाली सुनचाँदी व्यवसायीको सङ्गठनका पनि अध्यक्ष हुन् ।

सम्बन्धित खबर