
गुल्मी । गुल्मीमा घाँस काट्ने क्रममा लडेर एक जना महिलाको मृत्यु भएको छ ।रेसुङ्गा नगरपालिका वडा नम्बर-२ छापटोला निवासी ४३ वर्षकी खुमकला थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
लडेर घाइते भएकी थापालाई उपचारका लागि गुल्मी जिल्ला अस्पतालमा पुर्याइएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।