२०८१ मंसिर ८, शनिवार , ०५:५८:२२ बजे

Sajhamanch
'

आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषदमा पेश गर्दैछौँः मन्त्री शर्मा

शुक्रवार, वैशाख २१, २०८१

काठमाडौं। सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले संविधानको प्रस्तावनामा लेखिएको पूर्ण स्वतन्त्रताको व्यवहारिक कार्यान्वयनमा सरकार लागेको बताएकी छन् ।

उनले प्रेस स्वतन्त्रतालाई थप सुरक्षित गर्ने गरी एक वर्षदेखि सञ्चारसम्बन्धी कानून निर्माण र पुनरावलोकनको काम भइरहेको जानकारी दिइन् ।

शुक्रवार राजधानीमा विश्व प्रेस स्वतन्त्रता दिवस तथा नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशन समारोहलाई सम्बोधन गर्दै उनले सञ्चार सम्बद्ध संस्था तथा यस क्षेत्रका विज्ञहरूको प्रत्यक्ष संलग्नता र राय सुझावका आधारमा कानून मस्यौदा बनाउन काम भइरहेको जिकिर गरिन् ।

‘सरोकारवाला र जनताका सुझाव समेत लिएर कानून निर्माण गर्ने कामलाई सरकारले प्राथमिकता दिएको छ । मिडिया काउन्सिल विधेयक संसदमा पेश गरिएको छ । आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषदमा पेश हुनेछ’, मन्त्री शर्माले जानकारी दिँदै भनिन्, ‘त्यस्तै सामाजिक सञ्जाललाई व्यवस्थित गर्न बनेको विधेयक चाँडै मन्त्रिपरिषद्मा लैजाने तयारी गरिएको छ । प्रक्रिया पूरा गर्न अर्थ, कानून लगायत सहमतिका लागि लागिएकाले केही लामो भएको हो ।’

उनले खोजमूलक र पत्रकारिता गर्नका लागि सक्रियतापूर्वक लाग्न पत्रकारहरूलाई सुझाव दिइन् ।

सम्बन्धित खबर