२०८१ फागुन १५, बिहिवार , ०६:१३:५० बजे

Sajhamanch
'

स्वास्थ्यचौकी हिँडेका पुरूष मृत फेला

शुक्रवार, वैशाख २१, २०८१

काठमाडौं । गुल्मीमा स्वास्थ्यचौकी जान भनेर हिँडेका पुरूष मृत भेटिएका छन्। मालिका गाउँपालिका-१ का ४७ वर्षीय लालबहादुर विक शुक्रबार बिहान मृत भेटिएका हुन्।

उनी घरबाट केही मिटर पर लडिरहेको अवस्थामा स्थानीयले देखेका थिए। स्थानीयले खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी शंकर पोखरेलले जानकारी दिए।

‘बिहान स्वास्थ्यचौकी जान भनेर निस्किएका रहेछन्,’ उनले भने, ‘ प्रहरी घटनास्थलमा पुगेको छ। लडेरै मृत्यु भएको होकि अन्य कारण हो। अनुसन्धान भइरहेको छ।’

घटनास्थल हेर्दा शंकास्पद नदेखिएको डिएसपी पोखरेलले जानकारी दिए।

शुक्रवार, वैशाख २१, २०८१ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर