२०८१ मंसिर ८, शनिवार , ०८:०३:३८ बजे

Sajhamanch
'

प्रेस स्वतन्त्रतालाई कुण्ठित पार्ने विधेयक स्विकार्दैनौँः लम्साल

शुक्रवार, वैशाख २१, २०८१

काठमाडौं । नेपाल प्रेस युनियनका सभापति शिव लम्सालले प्रेस स्वतन्त्रता कुण्ठित हुने मिडिया विधेयक ल्याइए स्वीकार नहुने बताएका छन् ।

नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशन समारोहमा उनले सरोकारवालाहरूको छलफल बेगर विधेयक पारित भए नमान्ने चेतावनी दिएका हुन् ।

‘आयोग, समिति र उपसमिति सरोकारवालाहरूको छलफल बेगर संसद, प्रदेशबाट प्रेस स्वतन्त्रता सम्बन्धी विधेयक पारित भए हामी त्यो कुरा स्विकार्दैनौँ’, लम्सालले भने ।

प्रेस स्वतन्त्रता र श्रमको उचित मूल्यको पक्षमा आफूहरूले आन्दोलन जारी उनले बताए ।

सम्बन्धित खबर