कैलालीको धनगढीबाट प्रहरीले लागूऔषध बरामद गरेको छ । बिहिबार धनगढी उपमहानगरपालिका ४ उत्तरबेहडीका १८ वर्षीय विकाश नेपालीको घरबाट लागूऔषध बरामद गरिएको हो ।
गोप्य सूचनाको आधारमा प्रहरीले उनी सुत्ने कोठामा चेकजाँच गर्दा ३ ग्राम ८२० मिलिग्राम लागूऔषध खैरो हेरोईन बरामद गरिएको जनाएका छ । प्रहरीले घटनाको अनुसन्धानका क्रममा नेपाली सँगै बिक्रिबितरण र सेवनमा संलग्न भएको आशंकामा सोधपुछको लागि ५ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपलिका ३ चटकपुरका १९ वर्षीय प्रबिण खड्का २१ वर्षीइ लक्ष्मी प्रशाद जोशी धनगढी उपमहानगरपलिका २ का २३ वर्षीय चेतन पनेरु धनगढी उपमहानगरपलिका ४ का पारस खड्का र डोटीको जोरायल गाउँपालिका १ का २२ वर्षीय बिक्रम पातली रहेका छन ।