२०८१ मंसिर २, आइतवार , ०३:१०:०९ बजे

Sajhamanch
'

अनुमति नलिई औषधि बिक्री गर्ने रामेछापका दुई वटा औषधि पसलमा सिल

बुधवार, वैशाख १९, २०८१

रामेछाप । अनुमति नै नलिई औषधि बिक्री/वितरण गर्दै आएका रामेछापका दुई वटा औषधि पसललाई जिल्ला प्रशासन कार्यालय रामेछापले सिल गरेको छ ।

औषधि व्यवस्था विभागका प्रतिनिधिसहितको अनुगमन टोलीले हिजो सदरमुकाम मन्थलीमा औषधि पसल तथा अस्पताल अनुगमन गरेको थियो । अनुगमनका क्रममा औषधि बिक्रेताहरूले नागरिकको स्वास्थ्यजस्तो संवेदनशील कुरामा खेलबाड गरी बिक्री गर्न अनुमति नै नलिएका औषधिहरू आफूखुशी बिक्रीरवितरण गर्दै आएको पाइएको जिल्ला प्रशासन कार्यालय रामेछापका प्रशासकीय अधिकृत प्रकाश प्रधानले बताउनुभयो ।

धेरै औषधिहरू स्टोरमा सञ्चय गरी राखेको भेटेपछि दिपसन फार्मेसी र साँकुरा मेडिकल सिल गरेको प्रशासकीय अधिकृत प्रधानले बताउनुभयो ।

सम्बन्धित खबर