झापा । महिलाको अश्लील भिडियो बनाएर ब्ल्याक मेल गर्दै पटक–पटक करणी गर्ने एक युवा रुपन्देहीबाट पक्राउ परेका छन् । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ का ३६ वर्षीय सिद्धार्थ गुरुङलाई पक्राउ गरेको हो ।
एकल महिलालाई गुरुङले लगातार धम्की दिएर करणी गरेको आरोप लागेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी रञ्जित सिंह राठौरले महिलाले दिएको उजुरीको आधारमा गुरुङलाई पक्राउ गरिएको बताए ।
गुरुङले सुरु सुरुमा ती महिलालाई दिदी भनेर नाता लगाएको र पछि अश्लील भिडियो बनाएर पटक–पटक बलात्कार गरेको महिलाको आरोप छ । ती महिला र गुरुङ केही समय व्यापारिक साझेदार समेत रहेको खुलेको छ ।