२०८१ मंसिर १२, बुधवार , ०५:३०:३३ बजे

Sajhamanch
'

गैरकानुनी बाटोबाट रोजगारीका लागि किर्गिस्तान नजान दूतावासको आग्रह

बुधवार, वैशाख १९, २०८१

काठमाडौं । पाकिस्तानको इस्लामावादमा रहेको नेपाली राजदूतावासले गैरकानुनी बाटो हुँदै किर्गिस्तानमा रोजगारीका लागि नजान आग्रह गरेको छ । रोजगारीको प्रलोभन देखाएर केही समययता धेरै नेपाली नागरिक ठगीएको तथा त्यहाँ पुगेकाहरू अलपत्र परेको जानकारी प्राप्त भएकाले कानुनी बाटोबाट मात्रै रोजगारीमा जान दूतावासको अनुरोध छ ।

दूतावासले ठगीमा परेकामध्ये केहीलाई किर्गिस्तानको बाटो प्रयोग गरी अन्य देशमा पठाउने आश्वासन दिइएको जानकारी प्राप्त भएको समेत जनाएको छ । अलपत्र परेकामध्ये केहीलाई उद्धार गरी नेपाल फर्काइएको, केही फर्कने क्रममा रहेका तर त्यहाँ नेपाली पुग्ने क्रम नरोकिएको दूतावासले निकालेको सूचनामा उल्लेख छ ।

ठगी गर्ने गिरोहको प्रलोभनमा नफस्न र वैदेशिक रोजगारीमा जानका लागि नेपाल सरकारले व्यवस्था गरेको स्थापित र कानुनी बाटोमात्र प्रयोग गर्न सूचनामार्फत् अनुरोध गरिएको छ ।

सम्बन्धित खबर