
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले देशभरका अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरमार्फत निःशुल्क उपचार हुने बताउनुभएको छ ।
मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत लेख्दै नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिक बिरामीले आफ्नो पालिकाबाट विपन्न,असहायको सिफारिस लिएर काठमाडौं महानगर आउन अनुरोध गर्नुभएको हो ।
महानगर भित्रका ४३ अस्पतालमा ३२३ शैया निःशुल्क उपचारको लागि उपलब्ध रहेको जानकारी गराउँदै उहाँले बिरामीको आवश्यकताअनुसार निस्शुल्क उपचार हुने बताउनुभएको छ ।