२०८१ माघ २९, मङ्गलवार , ०७:४४:४० बजे

Sajhamanch
'

विराट गोल्डकपको उपाधि भिडन्त आज, मच्छिन्द्र र मोरङ एफए भिड्ने

शनिवार, चैत २४, २०८०

काठमाडौं ।आठौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार मच्छिन्द्र फुटबल क्लब र साङ्ग्रिला मोरङ एफए भिड्दैछन्।शहीद रंगशालामा खेल साँझ पौने ६ बजे शुरु हुनेछ ।बिहीबार सेमिफाइनलमा पाहुना टोली सिक्किम ड्रागनलाई १(० ले पन्छाउँदै मच्छिन्द्र फाइनलमा पुगेको हो।

सशस्त्र प्रहरी बलको विभागीय टोली एपीएफलाई बुधबार सडन डेथमा पराजित गर्दै मोरङले मच्छिन्द्रसँगको भेट पक्का गरेको हो।

उपाधि विजेता टोलीलेविजेता टोलीले ट्रफीसहित ११ लाख र उपविजेताले पाँच लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पुरस्कार पाउने आयोजक विराट गोल्डकप ट्रष्टले जनाएको छ।

सम्बन्धित खबर