बिर्तामोड । नेकपा एमाले झापाको ११ औं जिल्ला अधिवेशन सुरु भएको छ। आज झापाको विर्तामोड स्थित अग्रसेन भवनमा नेकपा एमालेका श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेर सुरु भएको हो ।
अधिवेशनले भोली चैत्र १६ गतेसम्ममा झापाका लागि नेतृत्व चयन गर्ने छ ।
पालिकाबाट ४३० जना, जनसङ्गठनहरूबाट ८९ जना, मजदुरबाट ३० जना, सल्लाहकारहरू २५ जना, सम्पर्क मञ्चबाट ५ जना र आयोजक १६९ जना एवम् मनोनीत प्रतिनिधिहरू ३८ जना गरी ७८६ जनाले अधिवेशनमा सहभागी जनाएका छन् । अग्रसेन भवन भरीभराउ भएको छ ।
एमाले झापाको अध्यक्षमा प्रेम गिरी र शिव ढुङगेल आकांक्षी रहेका छन् । हालका कार्यवाहक अध्यक्ष गिरी र सचिव ढुङगेलले अध्यक्ष बन्ने आकांक्षा व्यक्त गरिरहेका छन् ।