२०८१ पौष ४, बिहिवार , ०४:०३:०१ बजे

Sajhamanch
'

रुसमा राष्ट्रपतीय चुनावका लागि मतदान शुरु

शुक्रवार, चैत २, २०८०

रुसमा राष्ट्रपतीय चुनावका लागि आजदेखि मतदान शुरु भएको छ । पर्सि आइतवार तीन दिनसम्म चल्ने मतदानले देशको नयाँ राष्ट्रपति चयन गर्नेछ । ७१ वर्षीय राष्ट्रपति भ्लादिमिर पुटिन पाँचौँ कार्यकालका लागि स्वतन्त्ररूपमा चुनावमा उठ्नुभएको छ ।

उहाँका प्रतिद्वन्द्वी बलियो नभएकाले पुटिनले अर्को छ वर्षे कार्यकालका लागि सहजै चुनाव जित्ने विश्वास गरिएको बीबीसी हिन्दीले जनाएको छ । उहाँले यसअघि २४ वर्ष रुसको नेतृत्व गरिसक्नुभएको छ ।

पुटिनको विपक्षमा निकोलाई खारितोनोभ, लिओ–निद स्लुतस्की, भ्लादिस्लाभ दाभान्कोभसहित तीन जना उम्मेदवार हुनुहुन्छ । पुटिनविरुद्ध उम्मेदवारी दिए पनि उहाँहरू कोही पनि पुटिनका आलोचक भने हुनुहुन्न ।

भिडियो सन्देश निकालेर पुटिनले आउँदो राष्ट्रपतीय चुनावको परिणामले भावी वर्षका लागि देश विकासको आकार निर्माण गर्ने बताउँदै मतदानमा सहभागी हुन देशवासीलाई आह्वान गर्नुभएको छ ।