२०८१ पौष ६, शनिवार , १२:३९:५६ बजे

Sajhamanch
'

बालबालिकाको जन्मदर्ता गर्ने बेलामै राष्ट्रिय परिचयपत्र नम्बर

शुक्रवार, चैत २, २०८०

काठमाडौं । सरकारले बालबालिकाको जन्मदर्ता गर्ने बेलामै राष्ट्रिय परिचयपत्र नम्बर दिन थालेको छ । देशभरका वडा कार्यालयले जन्मदर्ता प्रमाणपत्रमै राष्ट्रिय परिचयपत्र नम्बर दिन थालेका राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ ।

यसअघि नागरिकता लिएका व्यक्तिलाई मात्र राष्ट्रिय परिचयपत्र दिने गरिन्थ्यो । परिचयपत्र नम्बर जन्मदर्तामै पाए पनि जैविक विवरणसहितको कार्ड भने १६ वर्ष उमेर पुगेपछि मात्रै पाइने विभागको राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका निर्देशक मुकेश कुमार केशरीले जानकारी दिनुभयो ।

यो प्रणाली लागू भएसँगै सबै विवरण राष्ट्रिय परिचयपत्रको प्रणालीमा आउने भएकाले पछि नागरिकता बनाउँदा हुन सक्ने समस्या पनि समाधान हुने उहाँको भनाइ छ । सरकारले अहिले राहदानी अर्थात पासपोर्ट बनाउन र नवीकरणका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेको छ ।

सम्बन्धित खबर