२०८१ पौष ३, बुधवार , ०४:३१:३६ बजे

Sajhamanch
'

झापामा गाँजा खाएको सुरमा हजुरआमाको हत्या

बिहिवार, चैत १, २०८०

झापा । झापाको गौरादह नगरपालिकाबाट हजुरआमाको हत्या आरोपमा प्रहरीले नातिसहित चार जनालाई पक्राउ गरेको छ ।

गौरादह–७ की नरमाया विकको हत्या गरेको आरोपमा १७ वर्षीय नाति धिरज विकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो । ८२ वर्षीया विकलाई हत्या गरी नजिकै गाडेको र हजुरआमा हराएको भन्दै प्रहरीमा निवेदन परेपश्चात उनको खोजतलास गरिएको थियो । सो क्रममा नरमायालाई गत शिवरात्रीका दिन हत्या गरेर घरनजिकै खाल्डो खनी पुरेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए ।

प्रहरी उपरीक्षक केसीका अनुसार घटनामा संलग्न भएका आधारमा गौरादह–४का १४ वर्षीय अनिष दर्नाल, दमक–२ बेलडाँगीका १६ बर्षीय टंकराज दर्जी र गौरादह–७ का राजु मल्लिकलाई प्रहरीले पक्राउ गरेको हो । लागुऔषधि गाँजा सेवन गरी उनीहरुले नरमायाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक केसीको भनाइ छ ।

सम्बन्धित खबर