२०८१ माघ २६, शनिवार , ०९:५२:०२ बजे

Sajhamanch
'

बसले ठक्कर दिँदा २ वर्षीया बालिकाको मृत्यु

बिहिवार, माघ २५, २०८०

बारा । बारामा बस दुर्घटनामा बालिकाको मृत्यु भएको छ। सुवर्ण गाउँपालिका–३ सतगञ्जमा कलैया उपमहानगपालिका–८ मदर्सा टोलकी दुई वर्षिया बालिकाको मृत्यु भएको हो।

बुधबार कलैयाबाट सतगञ्जतर्फ जाँदै गरेको ना३ख ९९९० नम्बरको बसबाट आमासँगै ओर्लिने ‍‌क्रममा बालिकालाई अर्को बसले ठक्कर दिएको हो। आमासित बस चढेर मामाघर जाँदै थिइन्। घटनास्थलमै उनमृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए।मृतक बालिका घटनापछि मृतकका आफन्तले बसमा तोडफोड गरेको प्रहरीले जनाएको छ। बालिकाको शव कलैया प्रादेशिक अस्पतालमा राखिएको छ। प्रहरीले बसका चालक मुरारी चौधरीलाई नियन्त्रणमा लिएको छ।

सम्बन्धित खबर