२०८२ जेठ ३१, शनिवार , ११:४२:३१ बजे

Sajhamanch
'

सङ्घीय संसद्को हिउँदे अधिवेशनका लागि दलहरुको तयारी

शनिवार, माघ २०, २०८०

काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशनको तयारी पूरा भएको छ। अधिवेशन सञ्चालनका लागि गर्नुपर्ने प्राविधिक तथा भौतिक पूर्वाधार व्यवस्थापनको तयारी पूरा भएको संघीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताए।सभामुखबाट विधेयकबारे कानुनी, न्याय तथा संसदीय मामिलासम्बन्धी मन्त्रीसँग परामर्श भइसकेको र नियमितरूपमा गर्नुपर्ने सबै कामसमेत पूरा भएको उनले बताए । यो पटकदेखि अधिवेशनलाई कानून निर्माणका हिसाबले प्रभावकारी र चुस्त तुल्याउन पाक्षिकरूपमा क्यालेण्डर बनाएर जान संसद्का दुवै सदनमा तयारी भएको छ।

विधेयक अधिवेशनका रूपमा रहने यो अधिवेशनका लागि हाल संघीय संसदमा २४ विधेयक छन्। त्यसमध्ये १६ विषयगत समितिमा छन् । हाल १५ विधेयकमाथि दफावार छलफल भइरहेको छ भने एउटा छलफल पूरा भई प्रतिवेदन निर्माणको चरणमा छ। एउटा विधेयक लामो समयदेखि राष्ट्रिय सभामा थाती छ ।

सरकारले बजेट प्रस्तुत हुने समय जेठ १५ गतेभन्दा तीन महिनाअघि नै प्रि(बजेट छलफल सक्ने गरी अध्यादेश जारी गरिसकेको छ । उक्त अध्यादेशलाई सभाले स्वीकृत प्रदान गरेपछि प्री(बजेटसम्बन्धी विषय सदनमा अघि बढ्ने छ। अघिल्ला अधिवेशनमा प्रि–बजेटमाथिको छलफल लामो समयसम्म भए पनि त्यसमा सुधार र संशोधन नहुँदा निरर्थक बन्दै आएको थियो।त्यो वेला सांसदले दिएका सुझाव र उठेका प्रश्नका आधारमा सरकारले यसपटक प्रि(बजे६ छलफलसम्बन्धी नयाँ अभ्यास गर्न लागेको हो।संघीय संसदका दुवै सदन यही माघ २२ गते अपराह्न ४ बजे बोलाइएको छ।

सम्बन्धित खबर