२०८२ जेठ ७, मङ्गलवार , ०९:४०:३१ बजे

Sajhamanch
'

प्रतिदिन दैनिक १६ औं वर्षमा प्रवेश

मङ्गलवार, माघ १६, २०८०

बिर्तामोड । नव संचार गृह प्रालिद्वारा बिर्तामोडबाट प्रकाशन हुँदै आएको प्रतिदिन राष्ट्रिय दैनिक आजदेखि १५ वर्ष पूरा गरी १६औं वर्षमा प्रवेश गरेको छ ।

पूर्वी नेपालमा प्रदेशस्तरकै ‘क’ वर्गको पत्रिका प्रकाशन गरी आम पाठकहरुलाई सुसूचित गर्ने उद्देश्यले स्थापित सो दैनिक आफ्नो उद्देश्यमा केही हदसम्म सफल पनि भएको दावी गरिएको छ । यसले झापा जिल्लाका विभिन्न क्षेत्रसंगै मोरङसम्म आफ्नो कार्यक्षेत्र विस्तार गरेको छ ।

अर्को महत्वपूर्ण कुरा कोरोना प्रभाव र आर्थिक मन्दीका कारण संचार क्षेत्र तहसनहस भएकोले धेरै मिडिया बन्द भएका छन् । जिल्लाकै धेरै पत्रिका बन्द भइरहँदा प्रतिदिन दैनिकले असहज परिस्थितिका बावजुद आफ्नो प्रकाशनलाई निरन्तरता दिँदै आएको छ ।

प्रतिकुलतालाई अनुकूल बनाउँदै प्रतिदिन दैनिक पत्रिका, प्रतिदिनडेली डटकम अनलाइन र प्रतिदिन टीभी युट्युवमार्फत पाठक र दर्शकहरुलाई पलपलको समाचार र सूचना प्रवाह गर्दै आएको छ ।

सो पत्रिकाले स्थानीय क्षेत्रमा घटनाहरु खोजी गरी आफ्नै मौलिक समाचार पस्किने गरेकाले धेरैको मन जित्न सफल भएको हो ।

स्थानीय समाचारलाई मुख्य प्राथमिकता दिएकै कारण प्रतिदिन दैनिक र यसको अनलाइन लोकप्रिय रहेको सम्पादक इन्द्रसिंह राजवंशी बताउँछन् ।

स्थानीय विषयवस्तुलाई प्रतिदिन दैनिकले राष्ट्रिय महत्वको बनाउने गरेको उनले बताए । उनले विभिन्न उतारचढाव बेहोर्दै पत्रिकालाई यहाँसम्म ल्याइपुर्याउने आम पाठक, विज्ञापनदाता, पत्रिकाका संचालक, व्यवस्थापन पक्ष, वितरक, शुभेच्छुक सबैलाई धन्यवाद दिदैँ आगामी दिनमा समेत निरन्तर र भरमग्दूर सहयोगको अपेक्षा गरेका छन् ।

सम्बन्धित खबर