२०८२ जेठ २६, सोमवार , ०७:४८:४८ बजे

Sajhamanch
'

जाजरकोट भूकम्पपछि सहायता कोषमा २८ करोड जम्मा

आइतवार, पौष २२, २०८०

काठमाडौं । जाजरकोट भूकम्पपछि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा २७ करोड ९९ लाख ८१ हजार ३६८ रुपैयाँ जम्मा भएको छ ।

हालसम्म १२० भन्दा बढी व्यक्ति तथा संस्थाले भूकम्पपीडितलाई सहयोग उपलब्ध गराउन कोषमा उक्त रकम जम्मा गरेका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कात्तिक १८ गतेदेखि पुस २० गतेसम्मको अवधिमा उक्त रकम जम्मा भएको हो ।

गत कात्तिक १७ गते जाजरकोट जिल्लामा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पका कारण संरचना भत्किदा १५४ जनाको मृत्यु भएको थियो भने ३०० भन्दा बढी घाइते भएका थिए ।

भूकम्पले ठूलो जनधनको क्षति गरेपछि सरकारले भूकम्पपीडितको सहयोगका लागि कोषमा रकम जम्मा गर्न अनुरोध गरेको थियो । त्यसपछि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा विभिन्न व्यक्ति तथा संस्थाले रकम जम्मा गरेका हुन् ।

सम्बन्धित खबर