२०८२ जेठ २७, मङ्गलवार , ०४:२४:०० बजे

Sajhamanch
'

नेपालको राजनीति नै प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरूको नियन्त्रणमा छ: गगन थापा

बुधवार, पौष १८, २०८०

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालको राजनीति नै प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरूको नियन्त्रणमा रहेको बताएका छन्।

उनले यति धेरै पूर्वप्रधानमन्त्रीहरू राजनीतिमा क्रियाशील भएको अन्य मुलुकमा आफूले नदेखेको पनि बताए।

पूर्वकर्मचारी समाज नेपालले बुधबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै थापाले भने, ‘खासगरी नेपालको सन्दर्भमा हाम्रो प्रजातन्त्रको सबैभन्दा दुःखद् पक्ष भनेको पाँच, छ जना पूर्वप्रधानमन्त्री र प्रधानमन्त्रीहरुको यस्तो नियन्त्रणमा देश परेको छ कि नेपालका राजनीतिक दलहरु उहाँहरुको एक प्रकारको नियन्त्रणमा भएकोले प्रकारान्तरले नेपालको राजनीति नै उहाँहरुको नियन्त्रणमा भएको जस्तो देखिन्छ।’

२०-२५ वर्षदेखि तिनै नेताहरू पार्टी र सरकारमा रहेको पनि उनले बताए।

‘यतिधेरै भूपू प्रधानमन्त्री राजनीतिमा क्रियाशील भएको देश मलाई थाहा छैन,’ उनले भने, ‘अहिले गठबन्धनको बैठकमा पनि प्रधानमन्त्री र भूपू प्रधानमन्त्रीहरू छलफल हुनेछ।’

सम्बन्धित खबर