२०८२ जेठ २७, मङ्गलवार , ११:४३:३६ बजे

Sajhamanch
'

उल्का वर्षा बिहीबार र शुक्रबार हुने

बुधवार, पौष १८, २०८०

काठमाडौं । सन् २०२४ को पहिलो उल्का वर्षा बिहीबार र शुक्रबार हुँदैछ ।

नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईका अनुसार पुस १९ र २० गतेको रातमा अत्यधिक मात्रामा बुटिज (भूतप) उल्का वर्षा हुनेछ ।

“ती उल्का वर्षाको स्रोत बुटिज (भूतप) नामक तारामण्डलमा भएको जस्तो देखिने भएकोले यसलाई भूतप उल्का वर्षा नाम दिइएको छ,” भट्टराईले भनेका छन् ।

भूतप उल्का वर्षा स्थानीय समयअनुसार पुस १९ गते दिउँसोदेखि अत्यधिक मात्रामा सक्रिय हुनेछ । तर, आँखाले भने बिहीबार राति ११ः३० बजेदेखि भोलिपल्ट अर्थात् पुस २० गतेको सूर्योदयभन्दा अगाडिसम्म हेर्न सकिनेछ ।

अत्यधिक उल्का वर्षा हुने समयमा नांगो आँखाले नै आकाशमा हेरेर अवलोकनकर्ताहरूले मनोरञ्जन लिन सक्नेछन् ।

“अत्यधिक उल्का वर्षाको समयमा प्रतिघण्टा ५० देखि १२० वटासम्म उल्का वर्षा हुने अनुमान गरिएको छ । ती आगोका झिल्का जस्तै मध्यम गतिका उल्का वर्षा करिब ७० किलोमिटर माथि वायुमण्डलमा देखिनेछन्,” अध्यक्ष भट्टराईले जानकारी दिए ।

पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा अन्तरिक्षमा रहेका धुलोका कणहरू र चट्टानहरू पृथ्वीको वायुमण्डलमा तीब्र गतिले ठोक्किएर जल्दछन् । यसैलाई उल्का वर्षा भनिन्छ । उल्का वर्षालाई नेपाली जनजिब्रोमा तारा खसेको भनिन्छ ।

सम्बन्धित खबर