२०८१ मंसिर १५, शनिवार , ०५:४१:५४ बजे

Sajhamanch
'

चिसोबाट बच्न सतर्क रहन आग्रह

शुक्रवार, पौष ६, २०८०

काठमाडौं । देशभरको तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । तापक्रम घट्दै जाँदा चिसो बढ्ने क्रममा रहेकाले यसबाट बच्न सतर्क रहन विभागले आग्रह गरेको छ ।

पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज बिहान देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । काठमाडौंमा आज बिहान ५ः४५ बजे ५।६ डिग्री सेल्सियस तापक्रम रहेको छ । मौसमविद् रोजन लामिछानेका अनुसार दिउँसो काठमाडौंको तापक्रम १७ देखि १९ डिग्री सेल्सियसम्म रहनेछ ।

“काठमाडौंमा आज दिउँसो आंशिक बदली हुनेछ । मौसमी प्रणालीमा उल्लेख्य परिवर्तन नभएका कारण आज वर्षाको सम्भावना छैन,” उनले भने, “तराईका केही भू–भागमा हुस्सु र कुहिरो लागेको छ । तर घाम लागेपछि हट्नेछ ।”

दिउँसो देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

विभागका अनुसार राति कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने विभागको पूर्वानुमान छ ।
आज वर्षा र हिमपातको सम्भावना भने छैन ।

सम्बन्धित खबर

आजको मौसम
शनिवार, मंसिर १५, २०८१
आजको मौसम
बिहिवार, मंसिर १३, २०८१
आजको मौसम
बुधवार, मंसिर १२, २०८१