काठमाडौं । भारतमा १४१ जना विपक्षी सांसद निलम्बनमा परेका छन् ।
गृहमन्त्री अमित शाहको जवाफ माग गरेका कारण उनीहरूलाई निलम्बन गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पहिलो दिनमा लोकसभा र राज्यसभा गरी ७८ सांसद निलम्बन गरिएको थियो भने थप ४९ जना सांसदलाई मंगलबार निलम्बन गरिएको हो ।
एक साता अघि दर्शक दीर्घामा पुगेका दुई युवाले लोकसभा बैठक हलमा प्रवेश गरेका थिए । उनीहरूको प्रवेशलगत्तै बैठकमा धुवा उडेको समाचारमा जनाइएको छ । सोही विषयलाई लिएर विपक्षी पार्टीहरूले गृहमन्त्री अमित शाहको जवाफ माग गरेका थिए । नरेन्द्र मोदी नेतृत्त्वको सरकार सुरक्षा दिन चुकेको भन्दै सांसदहरुले जवाफ माग गरेका थिए ।
जना सांसदलाई निलम्बन गरिएको थियो भने हिजो थप ४९ जनालाई निलम्बन गरिएको द वायरले जनाएको छ ।