
काठमाडौं । नेपाल सुपर लिग फुटबलअन्तर्गत आज झापा एफसी र धनगढी एफसीबीच प्रतिस्पर्धा हुने भएको छ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजेबाट सुरु हुनेछ ।
आजको खेलमा धनगढी चौथो जितका लागि मैदान प्रवेश गर्नेछ । झापा दोस्रो जितको तयारीसहित मैदानमा उत्रिनेछ ।
लिगमा धनगढी १२ अंकका साथ दोस्रो स्थानमा छ । झापा एफसी सात अंकसहित पाँचौं स्थानमा छ ।