२०८२ असार ६, शुक्रवार , ०७:४९:१९ बजे

Sajhamanch
'

७५औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसमा मन्त्रिपरिषद्को कार्यक्रम, राष्ट्रपति सहभागी हुने

आइतवार, मंसिर २४, २०८०

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को तर्फबाट ७५औँ मानवअधिकार दिवसको अवसरमा कार्यक्रम आयोजना भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् आयोजक रहेको कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेललाई प्रमुख अतिथि बनाइएको छ ।

राष्ट्रपति भवनको प्रभास हलमा दिउँसो १ः४५ बजे आयोजना गरिएको कार्यक्रममा मन्त्रिपरिषद्का सबै सदस्यहरू आमन्त्रित छन् ।