२०८२ असार ८, आइतवार , ०२:०७:५१ बजे

Sajhamanch
'

एनसेल सेयर बिक्रीबारे प्रधानमन्त्री र सत्तारुढ दलबिच छलफल

मङ्गलवार, मंसिर १९, २०८०

काठमाडौँ । एनसेलको प्रमुख लगानीकर्ता आजियाटाले एनसेलको ८० प्रतिशत सेयर अपारदर्शी रुपमा बिक्री गरे पछि यस विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारुढ दलका नेतासँग छलफल गरेका छन्।

एक खर्ब ४३ अर्ब रुपैयाँमा खरिद गरेको कम्पनी, खरिद गरेको मूल्य भन्दा आजियटाले ९५.३५ प्रतिशत कम मूल्यमा बिक्री गरेपछि किनबेच रहस्यमय देखिएको छ।

किनबेचमा कानुनी प्रक्रिया पुर्‍याएरनपुर्‍याएको विषयमा छानबिन गर्न निर्देशन दिएका प्रधानमन्त्री दाहालले मंगलबार नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, नेकपा समाजवादीका अध्यक्ष माधव कुमार नेपाल लगायत राजनीतिक दलका शीर्ष नेतासँग छलफल गरेका हुन्।

एनसेलको सेयर बिक्री अपारदर्शी देखिपछि साझा धारणा बनाउन बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सम्बन्धित खबर