२०८२ असार १०, मङ्गलवार , १०:०७:५० बजे

Sajhamanch
'

राष्ट्रपतिद्वारा २ देशमा गैरआवासीय राजदूत नियुक्त

बिहिवार, मंसिर १४, २०८०

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले २ नेपाली राजदूतलाई अन्‍य २ देशका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गरेका छन् ।

नेपालको संविधानको धारा २८२ को उपधार १ बमोजिम राष्ट्रपति पौडेलले राजदूत दानबहादुर तामाङलाई गणतन्त्र मोजाम्बिकको लागि र राजदूत रामप्रसाद सुवेदीलाई इटालीका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

तामाङ दक्षिण अफ्रिकाका लागि र सुवेदी स्विटजरल्याण्डका लागि नेपालका आवासीय राजदूत हुन् ।

बिहिवार, मंसिर १४, २०८० | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर