
काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक करिब ४८ अंकले बढेको छ । आज नेप्से ४७.७५ अंकले बढेर १९०७.९५ को बिन्दुमा पुगेको छ ।
आज २९४ धितोपत्रको ६५ लाख ३० हजार ६४३ कित्ता सेयर दुई अर्ब, एक करोड १७ लाख ६३ हजार ३५८ रुपैयाँमा किनबेच भएको छ ।
आज सेन्सेटिभ इन्डेक्स पनि २.१९ प्रतिशतले बढेर ३६४.८१ को बिन्दुमा पुगेको छ । यस दिन १३ वटै उपसमूहको समूहगत सूचकमा हरियाली देखिएको छ ।
आज जीवन बिमा उपसमूहको सूहगत सूचक सर्वाधिक ४.४४ प्रतिशतले बढेको छ ।
आज छ्याङ्दी हाइड्रोपावर कम्पनी र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य सर्वाधिक १० अंकले बढेको छ ।
इन्फिनिटी लघुवित्त वित्तीय संस्था र एनएमबी सुलभ इन्भेष्टमेन्ट फन्ड २ को सेयर मूल्य सर्वाधिक २.४७ प्रतिशतले घटेको छ ।