२०८१ माघ २२, मङ्गलवार , ०४:४४:२८ बजे

Sajhamanch
'

बसको ठक्करबाट एक जनाको ज्यान गयो, दुई जना घाइते

शनिवार, मंसिर ९, २०८०

रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोटमा रात्रि बसको ठक्करबाट एक जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् ।

आठबिसकोट नगरपालिका वडा नम्बर ११ को चिसापानीमा शुक्रवार बेलुका ना ३ ख ५२०७ नम्बरको रात्रि बसले ठक्कर दिँदा ३८ वर्षीय गणेश परियारको ज्यान गएको हो ।परियारको घटनास्थलमै ज्यान गएको आठबिसकोट नगरपालिकाका मेयर रवि केसीले जानकारी दिए।

घाइते हुनेहरुमा आठबिसकोट नगरपालिका–१४ ज्यामिरकोटका १९ वर्षीया भावना चन्द र २० वर्षीय राजेन्द्र पोखरेल रहेका छन् । घाइते दुवै जनाको आठबिसकोट राडीमा रहेको नगर अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित खबर