![](https://sajhamanch.com/wp-content/uploads/2023/11/CDO-KTM1616607651-1700458317.jpg)
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेकपा (एमाले)का नेता महेश बस्नेत पक्ष र मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्षलाई छलफलका लागि बोलाएको छ।
सोमबार अपराह्न ४ बजे दुवै पक्षसँग प्रशासनले छलफल गर्न लागेको हो।
बस्नेत इन्चार्ज रहेको एमालेको भ्रातृ संस्था युवा संघ र मेडिकल व्यवसायी प्रसाईं पक्षले मंसिर ७ गते काठमाडौंमा कार्यक्रम गर्न लागेका छन्। पछिल्लो समय बस्नेत र प्रसाईंबीच विभिन्न विषयलाई लिएर आरोप-प्रत्यारोप चलिरहेको छ।
प्रशासनले दुवै पक्षसँग छलफल गरी कार्यक्रम गर्ने स्थानसमेत तोक्ने तयारी गरेको छ।
‘दुवै पक्षलाई छलफलका लागि बोलाएका छौं,’ प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले सेतोपाटीसँग भने, ‘एकै स्थानमा कार्यक्रम गर्न दिँदैनौं।’
दुवै पक्षले माइतीघर मण्डला क्षेत्रमा कार्यक्रम गर्ने तयारी गरेका थिए।
युवा संघले सरकार र अराजकतावादीविरूद्ध युवा-विद्यार्थीको शक्ति प्रदर्शनु कार्यक्रम माइतीघर मण्डलमा राखेको छ। यस्तै प्रसाईंले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानु भन्दै कार्यक्रम गर्न लागेका छन्।