![](https://sajhamanch.com/wp-content/uploads/2023/11/kamal_thapa_XLMx1G01Uk.jpg)
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले शुक्रबार पोखरामा सभा गर्ने भएको छ। राप्रपा नेपाल कास्कीको आयोजनामा पोखराको चाउथे चोकमा सभा हुने भएको हो। सभालाई अध्यक्ष कमल थापा, उपाध्यक्ष तारानाथ लुइँटेल ,महामन्त्रीद्वय राजाराम बर्तौला र कृष्ण कार्कीलगायत नेताले सम्बोधन गर्ने राप्रपा नेपाल कास्कीले जानकारी दिएको छ। राजसंस्था पुनःस्थापनाको कार्यनीति बनाएपछि राप्रपा नेपालले विभिन्न जिल्लामा सडक केन्द्रित कार्यक्रम गरिरहेको छ।