२०८१ पौष ९, मङ्गलवार , ११:२९:०२ बजे

Sajhamanch
'

एटीएम फोर्ने क्रममा एक भारतीय पक्राउ

बुधवार, कार्तिक २२, २०८०

पोखरा । नबिल बैंकको एटीएम मेसिन फोडेर पैसा चोर्न खोज्दा एकजना पक्राउ परेका छन् ।

पोखरा ८ सभागृहमा रहेको एटीएम फोड्न लाग्दा प्रहरीले बबी ठाकुरलाई पक्रेको हो । पोखरा नयाँबजारमा सैलुन पसल चलाउने ठाकुर भारतीय नागरिक हुन् ।

उनको साथबाट रड, पेचकस, कपाल काट्ने कैंचीलगायत बरामद भएको छ ।

उनलाई नियन्त्रणमा लिएर चोरी उद्योग मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु भएको बैदाम प्रहरी प्रमुख डीएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित खबर