२०८१ फागुन १, बिहिवार , ०७:०७:४८ बजे

Sajhamanch
'

एकीकृत समाजवादीको कार्याबहाक अध्यक्षको जिम्मेवारी प्रमेश हमाललाई

बुधवार, कार्तिक २२, २०८०

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को कार्यबाहक अध्यक्षको जिम्मेवारी पार्टीका उपाध्यक्ष प्रमेश हमाललाई दिइएको छ । हमाललाई कार्यबाहकको जिम्मेवारी दिएर अध्यक्ष माधवकुमार नेपाल मंगलबार चीन भ्रमणमा गएका हुन् ।

अध्यक्ष नेपाल नेतृत्वको १५ जनाको टोलीले युनानमा चिनियाँ कम्युनिष्ट पार्टीको शीर्ष नेतृत्वसँग भेटघाट गर्नेछ । साथै, युनानमा आयोजित कृषि विकाससम्बन्धी बैठकमा टोली सहभागी हुनेछ ।

भ्रमण टोली युनानमा आयोजित सेयरिङ द एचिभमेन्ट अफ बेल्ट एन्ड रोड फोरमसम्बन्धी दक्षिण र दक्षिण एसियाली पार्टी प्रतिनिधिहरूको छलफल कार्यक्रममा सहभागी हुनेछ । भ्रमण टोली कात्तिक २८ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।

सम्बन्धित खबर