२०८२ असार १६, सोमवार , ०६:२६:०७ बजे

Sajhamanch
'

चीनबाट राहत सामग्री बोकेर नेपाल आइपुग्यो कार्गो जहाज

बुधवार, कार्तिक २२, २०८०

पोखरा । जाजरकोटमा गएको भूकम्पबाट पीडित भएकालाई राहत सामग्री बोकेर चिनियाँ सेनाका दुई जहाज नेपाल आइपुगेको छ ।

चीनबाट राहत सामग्री बोकेर दुई कार्गो विमान बुधबार बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो । चिनियाँ विमानले ल्याएको राहत सामाग्री भूकम्प प्रभावित क्षेत्रमा लगिनेछ ।

उत्तरी छिमेकी राष्ट्र चीनले दुई चरणमा भूकम्प पीडितका लागि राहत दिने घोषणा गरेको छ ।

यसअघि प्रभावितहरूका लागि १० करोड रुपैयाँको राहत सामग्री दिने घोषणा गरेको चीनले मंगलबार थप २८ करोड बराबरको राहत घोषणा गरेको थियो ।

यसअघि पहिलो चरणमा राहत सामग्री बोकेका ट्रकहरू सोमबार केरुङ हुँदै नेपालको रसुवागढी नाकाबाट काठमाडौंतर्फ आइसकेको छ ।

बुधवार, कार्तिक २२, २०८० | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर