![](https://sajhamanch.com/wp-content/uploads/2023/11/Ramchandra-Paudel-1698830801.jpg)
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल भूकम्पपीडितको अवस्था बुझ्न रुकुम पश्चिम र जाजरकोट जाने भएका छन् ।
राष्ट्रपतिको सचिवालयका अनुसार उनी मंगलबार त्यसतर्फ जान लागेका हुन् । आउँदो बुधबारदेखि जर्मनीसहित युरोपको भ्रमणमा जान लागेका राष्ट्रपति पौडेलले जनता दुःखमा रहेका बेला भ्रमणमा नजाने भन्दै युरोप भ्रमण स्थगित गरेका थिए ।
परराष्ट्रमन्त्री एनपी साउदलाई बोलाएर भ्रमण रद्द गरेको जानकारी गराएका पौडेलले जनताको दुःख बुझ्न त्यसतर्फ जाने तालिका बनाएको पौडेलका प्रेस संयोजक खिला कार्कीले सार्वजनिक गरेका छन् ।