२०८१ फागुन १६, शुक्रवार , ०५:३६:५० बजे

Sajhamanch
'

ओमानविरुद्ध नेपाललाई सफलता, सोमपालले लिए पहिलो विकेट

आइतवार, कार्तिक १९, २०८०

काठमाडौँ । आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको फाइनल खेलमा ओमानविरुद्ध नेपालले पहिलो सफलता हासिल गरेको छ।

किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी फाइनल खेलमा नेपालले दिएको १८५ रनको लक्ष्यसहित मैदान उत्रेको ओमानले पहिलो विकेट गुमाएको छ।

नेपालका सोमपाल कामीले ओमानका प्रतिक अथावलेलाई ७ रनमा आउट गरेका छन्।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १८४ रन बनायो।