२०८१ फागुन १६, शुक्रवार , ०८:०५:०० बजे

Sajhamanch
'

ओमानविरुद्ध गुल्सनको आक्रामक अर्धशतक

आइतवार, कार्तिक १९, २०८०

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको फाइनलमा ओमानविरुद्ध नेपालका गुल्सनकुमार झाले आक्रामक अर्धशतक बनाएका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको नेपालबाट गुल्सनले २० बलमा पाँच चौका चार छक्कासहित ५० रन पूरा गरेका हुन् । ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा गुल्सनको यो पहिलो अर्धशतक हो ।

गुल्सन ब्याटिङमा आउँदा नेपाल ६०–४ को कठिन अवस्थामा थियो । उनले कप्तान रोहितकुमार पौडेलसँग हालसम्म ६८ रनको साझेदारी गरिसकेका छन् । रोहितले २२ रन बनाएका छन् ।

जारी खेलको १६ ओभर समाप्त हुँदा नेपालले चार विकेट गुमाएर १२८ रन बनाएको छ ।

सम्बन्धित खबर